बर्थ डे मनाउने क्रममा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु

  • प्रकाशित मिति : November 16, 2020
  • गण्डकी डायरी

बर्थ डे मनाउने क्रममा रेस्टुरेन्टमा भएको आगलागीमा परि हङकङमा ७ जना नेपालीहरुको मत्यु भएको छ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा गएराती आगलागी हुँदा आठ जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु भएकाहरुमा ९ देखि ४० वर्षका उमेर समूहका रहेका छन् । उपचार गराइरहेका अन्य कम्तिमा ९ जना घाइतेमध्ये दुर्इ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल उपचार भइरहेको ग्लोवल गोरखा समाजका कोषाध्यक्ष आकाश बन्जराले जानकारी दिनुभयो । घटनामा पर्नेहरुमा अधिकाँश बाग्लुङ जिल्ला भित्रका नागरिकहरु रहेका छन् ।

बागलुङ समाज हङकङका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना भएको बन्जराले जानकारी दिए ।