गोरखामा आज ३ पटक सम्म भुकम्पको धक्का

  • प्रकाशित मिति : November 12, 2020
  • गण्डकी डायरी

गोरखा, २७ कात्तिक । गोरखामा बिहीबार भुकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिकाको मसेल केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको हो ।

मसेल केन्द्रविन्दु भएर साँझ ७ बजेर ५० मिनेटमा ३ दशमलव ७ म्याग्नीच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । गोरखा सहित आसपासका जिल्लामा बिहीवार मात्र ३ पटक सम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।