गोरखाका प्रमुख जिल्ला अधिकारी भट्टराई कोरोना संक्रमण मुक्त

  • प्रकाशित मिति : November 11, 2020
  • गण्डकी डायरी

गोरखा, २६ कात्तिक । गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित भएका उनको आज कोरोना रिर्पोट नेगेटिभ आएको हो ।

प्रजिअ भट्टराइको हिजो मात्र पुनः स्वांब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो ।

कोरोना संक्रमणको सामान्य लक्षण देखिए लगत्तै संक्रमणको पुष्टी हुनु अगाबैदेखि प्रमुख जिल्ला अधिकारी भट्टराई होम आइसोलसनमा रहनु भएको छ ।