पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत ढकालको निधन

  • प्रकाशित मिति : November 10, 2020
  • गण्डकी डायरी

स्याङ्जा, २५ कार्तिक । स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको निधन भएको छ।

रक्त क्यान्सरको उपचार गराइरहेका ५१ वर्षका ढकालकोे सोमबार मृत्यु भएको हो।

प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा मंगलबार एक दिन नगरपालिकामा बिदा दिइएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बरालले जारी गर्दै मंगलबार नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएका छन्। विद्यालयमा जारी परीक्षा भने बन्द नहुने विज्ञप्तिमा उल्लेख छ।

ढकालको मंगलबार बिहान पोखराको शान्तिघाटमा दाहसंस्कार गरिएको छ।