स्याङजामा अवैध हातहतियार सहित एक व्यक्ति पक्राउ

  • प्रकाशित मिति : November 9, 2020
  • गण्डकी डायरी

स्याङजा, २४ कार्तिक । स्याङजाको बिरुवा गाउँपालिकाका २३ वर्षीय भीमबहादुर गुरुङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । इजाजत बिनाको एक नाले भरुवा बन्दुक एक थान, भरुवा बन्दुकको नाल २ थान, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ थान, फलामको टुक्रा सानो ठूलोगरी २३ थान र ५५ ग्राम बारुद फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

इजाजतपत्र बिनाको हातहतियार राखेको भन्ने सूचनाका आधारमा उनको घरमा खोजतलास गर्दा गोठमा रहेको काठको खलिया माथि घाँस र मकैको सुकेको डाठभित्र लुकाइ राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

हतियारसहित गुरुङलाई अदालतले आइतबार दिउँसो ७ दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।