लमजुङका एक कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : November 8, 2020
  • गण्डकी डायरी

लमजुङका एक कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु भएको छ । ४७ वर्षका यी पुरुषको आइतबार विहान भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

२१ कार्तिकमा उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनको २३ कार्तिकदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।