अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ यूट्युबमा(चलचित्र सहित)

  • प्रकाशित मिति : November 5, 2020
  • गण्डकी डायरी

अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ यूट्युबमा रिलिज भएको छ ।

हलमा रिलिज भएको डेढ वर्षपछि यो फिल्म यूट्युबमा रिलिज भएको हो । नजिकिँदै गरेको तिहारको छेको पारेर बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको फिल्मले एक सेलिब्रेटी र फ्यानबीचको प्रेमकथा समावेश गरेको छ ।

चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ ।
झरना थापा निर्देशित फिल्ममा अनमोलसँग सुहाना थापाको जोडी बाँधिएको छ । फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने उनको फ्यानको भूमिकामा सुहाना छिन् ।

घरेलु बक्सअफिसमा ९ करोड ग्रस कलेक्सन गरेको फिल्मले समीक्षकबाट खासै तारिफ पाउन सकेको थिएन । दर्शकहरुले भने फिल्म निकै रुचाएका थिए । यही फिल्मबाट सुहानाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । समीक्षक र दर्शकले उनको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यूट्युबमा पहिलो पटक फिल्म हेर्ने दर्शकले पनि उनको अभिनय रुचाएका छन् ।

दर्शकहरुले लामो समयदेखि प्रतिक्षा गरेका कारण ‘ए मेरो हजुर ३’ यूट्युबमा सबैभन्दा धेरै पटक हेरिने पहिलो नेपाली फिल्म बन्ने अनुमान गरिएको छ । यो फिल्मको चौंथो पार्टको दशैंको फूलपातीबाट छायांकन भइरहेको छ । तिहारसम्म छायांकन सकेर फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । फिल्ममा दोस्रो पटक अनमोल र सुहानाले स्क्रिन शेयर गरेका छन् ।

चलचित्र हहेर्नुहोस् :