कर्मचारीमा संक्रमण देखिएपछि गोरखाको मालपोत कार्यालय बन्द

  • प्रकाशित मिति : November 4, 2020
  • गण्डकी डायरी

गोरखा, १९ कार्तिक । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गोरखा सदरमुकाममा रहेको मालपोत कार्यालय बन्द गरिएको छ । कार्यालयमा कार्यरत १ जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि आज (बुधबार) देखी बन्द गरिएको हो ।

दैनिक कार्यालयमा आउने उत्त कर्मचारीबाट अन्य कर्मचारी र सेवा ग्राहीमा पनि संक्रमण फैलिन सक्ने भन्दै तत्कालका लागी पूर्ण रुपमा बन्द गरिएको कार्यालयले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरुको स्वाब परिक्षण नआउदा सम्म कार्यालय बन्द रहने बताइएको छ ।