गण्डकी प्रदेशका ६ जिल्लामा थप ७५ जनामा संक्रमण पुष्टी

  • प्रकाशित मिति : November 3, 2020
  • गण्डकी डायरी

गोरखा, १८ कात्तिक । गण्डकी प्रदेशको ६ जिल्लामा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशको कास्की, बागलुङ, तनहुँ, नवलपुर, स्याङजा र मुस्ताङमा गरी थप ७५ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

निर्देशनालयले आज सूचना जारी गर्दै कास्कीमा ५२ जना, बागलुङमा १० जना, तनहुँमा ६ जना, नवलपुर र स्याङजामा ३र३ जनामा र मुस्ताङमा १ जनामा संक्रमण पुष्टी भएको जनाएको छ ।

संक्रमण पुष्टी भएका मध्ये ५० जनाको लाईफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा र २५ जनाका क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।