गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

  • प्रकाशित मिति : November 1, 2020
  • गण्डकी डायरी

गण्डकी प्रदेशमा थप तीन जना कोरोनासंक्रमितको मृत्यु भएको छ  । नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृतक दुबै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गरेका छन् ।

यसैगरी पोखरा महानगरपालिका–९ का ६२ वर्षीया महिलाको समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गए राति नै निधन भएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

यस्तै, गण्डकीमा थप नयाँ ६३ संक्रमित थपिएका छन्  । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनासंक्रमितको संख्या ७ हजार ३७८ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा  गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप भएका नयाँ ३२ त्यसैगरी क्षयरोग उपचार केन्द्र, पोखरामा  गरिएको परिक्षणमा थप नयाँ ३० जना गरि ६२ नयाँ संक्रमित थपिएका हुन् ।