पोखरामा कोरोना संक्रमणबाट थप एककोे मृत्यु

  • प्रकाशित मिति : October 31, 2020
  • गण्डकी डायरी

पोखरा, १५कात्तिक । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–९ की ६२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएर ‘आईसीयू’मा रहनुभएकी महिलाको शनिबार बिहान ८ बजे मृत्यु भएको हो । उहाँमा निमोनिया, मधुमेहकोसमेत समस्या थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

प्रदेशमा सात हजार ३१६ संक्रमितमध्ये चार हजार २२१ जना निको भइसकेका छन् ।