गोरखा सहित गण्डकी प्रदेशका ७ जिल्लामा थप २२९ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : October 26, 2020
  • गण्डकी डायरी

पोखरा गण्डकी प्रदेशको ७ जिल्लामा आज थप २२९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशको कास्की, नवलपुर, तनहुँ, बागलुङ, लमजुङ, गोरखा र स्याङजा जिल्लामा गरी थप २२९ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ ।

निर्देशनालयले आज मात्रै १० पटक सूचना जारी गर्दै कास्कीको पोखरा महानगरपालिकामा मात्रै १०१ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यस्तै गरी नवलपुरमा ७५ जना, तनहुँ २६ जना, बाग्लुङमा १७ जना, लम्जुङमा ५ जना, गोरखामा ४ जना र स्याङजा १ गरी २२९ जना संक्रमित थपिएको जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार ७११ पुगेको छ । त्यसमध्ये ३ हजार ८१५ जना निको भएका छन् भने २ हजार ४७७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ६७ जनाको ज्यान गएको छ ।