कोरोना संक्रमणबाट गोरखाकी एक वृद्धाको मृत्यु

  • प्रकाशित मिति : October 7, 2020
  • गण्डकी डायरी

गोरखा, २१ असोज । कोरोना संक्रमणका कारण गोरखाकी एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको गोरखा नगरपालीका वडा नं २ ताप्लेकी ७९ बर्षकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मृतक वृद्धामा दम सम्बन्धी समस्याले रहेको बताइएको छ ।