गोरखामा थपिए २ जना कोरोना संक्रमित

  • प्रकाशित मिति : October 7, 2020
  • गण्डकी डायरी

गोरखा, २१ असोज । गोरखामा बुधबार थप दुई जनामा कोरोना संक्रमणको भेटिएको छ । जिल्लाको गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिकाका एक महिला र एक पुरुषलाई संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अजिरकोटमा संक्रमण पुष्टी भएका वडा नम्बर ५ का २६ बर्षिय पुरुष धनुषाबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

अजिरकोटमा कोरोना देखिएकी व्यक्ति वडा नम्बर ७ की २२ बर्षिय महिला रहेको खुलेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । उनिहरुको पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा स्वाब परीक्षण गरिएको थियो ।