गोरखा । गोरखाको भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्गका समाजसेवी पदम बहादुर श्रेष्ठको शनिबार असामायिक निधन भएको छ । काठमाडौको सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा ८२ बर्षको उमेरमा उहाँको निधन भएको हो ।
शुक्रबार अकस्मात उहाँको स्वास्थमा समस्या आएपछि सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।
उपचार कै क्रममा उहाँको शनिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ लामो समय देखि दम,बाथ, अल्सर लगायत रोगले पीडित हुनुहुन्थ्यो ।
स्वर्गीय समाजसेवि श्रेष्ठले बोर्लाङको शैक्षिक विकास लगायत समाजिक क्षेत्रमा क्रियाशिल रहेर सहयोग गर्दै आउनु भएको थियो । उहाँले बोर्लाङको सरस्वती माध्यमिक बिद्यालयको भवन निर्माणका लागी पहिलो पटक आफ्नो जग्गा साटो दिएर बिद्यालयलाई जग्गा दान समेत गर्नु भएको थियो । उहाँ श्री सरस्वती माध्यमिक बिद्यालय व्यवस्थापन समिति बोर्लाङको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । स्व. श्रेष्ठले गर्नुभएको योगदानको सम्मान स्वरुप बिद्यालयले उहाँको मृत्युको शोकमा (आज) आइतबार बिद्यालयको नियमित पठन पाठन बन्द गरेको छ ।
बोर्लाङको समाजिक क्षेत्रको बिकासका लागी उहाँको अतुलनिय भुमिका रहेको स्थानियहरु बताउछन् ।
स्व. श्रेष्ठ नेपाली सैनिकको भुतपुर्व जमदार समेत हुनुहुन्थ्यो । उहाँको सम्मानमा नेपाली सैनिकले सलामी अर्पण गरेको थियो ।
सामजसेवि श्रेष्ठको सनातन धर्मानुसार विधिपूर्वक शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।